Home Blog

देशका धेरै जिल्लामा डेंगु फैलियो २ हजार ९५२ संक्रमण

0

सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएकाभन्दा धेरै हुन सक्ने बताउँछन् । ईडीसीडीले उपलब्ध तथ्यांक राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको हो ।

चिकित्सकका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् ।

एक वर्षको अवधिमा म्याग्दीमा करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

0

म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न ठाउँमा आठ सय ७४ उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता मालिका गाउँपालिका–३ पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण भएको जानकारी दिए । 

उनका अनुसार धवलागिरि गाउँपालिका–२ लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नं ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान भइसकेका ठाउँका उपभोक्ताले मिटर जडान गरेपछि विद्युतीकरणले पूर्णता पाउने उनले बताए। 

गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइनको सुधार भएको थियो । एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनबाट मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा गत वर्षदेखि विद्युत् आपूर्ति गराउन थालिएको छ । 

वर्षमै १३ जनालाई जागिर ,गहना बेचेर घरबाटै थालेको व्यवसाय

0

काठमाडौंकी आशा भण्डारी नवजात शिशुदेखि सात वर्ष उमेरसम्मका बालबालिकालाई चाहिने सबै खाले लुगा बनाउँछिन्। गर्भवती र सुत्केरी आमाका लागि गाउन पनि बनाउँछिन्।

उनको व्यवसायको ब्रान्ड नाम हो ‘बुलबुल’।

यसको कारखाना काठमाडौंको रातोपुलमा छ। यहीँबाट अनेक डिजाइनका लुगा तयार हुन्छन्।

‘हाम्रा थुप्रै डिजाइन छन्। ग्राहकले भने अनुसार डिजाइन पनि गर्छौं,’ आशाले भनिन्, ‘गर्भवती, सुत्केरी, शिशु र बालबालिकाका गुणस्तरीय लुगा उपलब्ध गराउन बुलबुल सुरू गरेकी हुँ।’

बुलबुलमा हाल मलमल, कटन, रेवन लगायत कपडाबाट ४० भन्दा बढी डिजाइनका लुगा तयार हुन्छ। नवजात शिशुका लागि दौरासुरूवाल, परम्परागत ढाका सेट, सर्ट, फ्रक, नाइट ड्रेस, पास्नी ड्रेस इत्यादि बन्छ। आमाका लागि खास्टो, गाउन, फ्रक आदि बन्छ।

पानीको मुहानलाई लिएर मोरङको केराबारी र धनकुटाको चौबिसे गाउँपालिकाबीच सीमा विवाद

0

धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाकाबीच सीमा विवाद चर्किएको छ । खानेपानीको मुहानका विषयमा विवाद सुरु भएको हो ।

मोरङको केराबारी गाउँपालिका-२ जेफाले र धनकुटाको चौबिसे गाउँपालिका-८ को सिमानामा रहेको भालु खोलाको पानीको मुहानको विषयलाई लिएर सीमा विवाद उत्पन्न भएको हो । केराबारी गाउँपालिका फाइवा गाउँका स्थानीयले भालु खोलाको पानी २०५० सालदेखि पाइप मार्फत तानेर उपभोग गर्दै आएका थिए ।

पाइपका माध्यमबाट सिधै तानेर ल्याएको पानी २ सयभन्दा बढीले उपभोग गर्दै आएका छन् । २०७४ सालबाट भने सङ्घीय सरकारको सशर्त अनुदान र प्रदेश सरकारको लगानीमा व्यवस्थित रूपमा एक घर- एक धारा कार्यक्रम मार्फत केराबारी-२ फाइवाबासीले उपभोग गर्न थालेका छन् ।

शुशिला कार्कीको मन्त्रिपरिषद्मा ओमप्रकाश अर्याल र सुदन गुरुङ पनि मन्त्री हुने

0

शुशिला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा बालेनका कानुनी सल्लाहाकार र जेनजी अभियानका सदस्य  मन्त्री हुने भएका छन् ।  

स्रोतका अनुसार यस अघि काठमाडौँ महानगरपालिका मेयर बालेन शाहका पूर्वकानुनी सल्लाहकार रहेका ओमप्रकाश अर्याल र हामी नेपालका संयोजक सुदन गुरुङले मन्त्रीकारुपमा प्रधानमन्त्री शुशिला कार्कीसँगै सपथ लिने बताइएको छ । स्रोतका अनुसार अन्तिम अवस्थामा फेरबदल नभए मन्त्रीपरिषद्मा सहभागी हुने दुई जनाको नाममा टुंगीएको हो । 

प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

0

स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ ।

आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर हाल करदाता सेवा कार्यालयहरू खारेज भएका छन् ।

‘स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ’ विभागले भनेको छ ।

त्यस्तै कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।

कृषि विकास बैंकको नाफा करिब ९७ प्रतिशत घट्यो

0

कृषि विकास बैंकको नाफामा ९६.९९ प्रतिशतको गिरावट आएको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा १९ करोड ९ लाख रुपैयाँ थियो ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ४८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरे पनि प्रदान गर्न बाँकी छ । जसले गर्दा वितरणयोग्य नाफा उच्च देखिएको हो ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४२ करोड रुपैयाँ छ ।

नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान

0

नेपाल प्रहरीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । प्रहरीका अनुसार, उनी चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् । उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले जानकारी दिए ।

संस्थालाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको केसीले जानकारी दिए ।

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

कालोसूची र जोखिम भारको नियम पालना नगर्दा २ बैंक कारबाहीमा

0

नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र कुमारी बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले ती दुई बैंकलाई नियामकीय पालना अवज्ञा गरेको भन्दै कारबाही गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा केन्द्रीय बैंकले कुमारी बैंकलाई कालोसुची सम्बन्धी नियमको पालना नगरेको भन्दै कारबाही गरेको छ ।
कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था विपरित बैंकले काम गरेको केन्द्रीय बैंकले जनाएको छ । बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था बमोजिम सचेत गराइएको छ ।

सहकारी हिनामिना लुकाउन नियमनकारी कर्मचारीलाई नै घुस

0

नियमनकारी निकायका कर्मचारीहरू सहकारीलाई ठिक बाटोमा हिँडाउनुको साटो त्यही सहकारीबाट पैसा लिने, विदेश भ्रमण गर्ने, मोजमस्ती गर्ने गर्दा आज लाखौं बचतकर्ता सडकमा पुगेको पोखराका सबै सहकारी पीडितहरूको नेतृत्व गरिरहेका किरण श्रेष्ठ बताउँछन् ।

राज्यले सहकारी क्षेत्रलाई तिन खम्बे अर्थनीतिमा समावेश गरेर धमाधम खोल्न अनुमति दिने तर नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा लाखौं नागरिकको बचतमा स्वार्थ समूहले रजाइँ गरेको पाइएको छ ।

पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना लुकाउन सहकारी रजिस्ट्रारदेखि मन्त्रालयसम्मका कर्मचारीलाई घुस दिएको पाइएको हो ।