संसदीय समिति सभापतिबारे निर्णय लिन कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठक सुरु

 विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ । संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न विपक्षी दलहरु नेपाली कांग्रेस, एमाले र नेकपा संयुक्त बैठक बसेका हुन् । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विपक्षी दलका नेताहरु अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल, भीष्म आङदम्बेलगायत सहभागी भएका छ

लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने

लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ । सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

प्रतिपक्षी दलका नेताहरूसँगको छलफल सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको हो । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू सहभागी छन् । छलफल संसदीय समिति सभापति चयन लगायतबारेमा केन्द्रित रहेको बताइएको छ । संसदीय समिति सभापतिका लागि आज दिउँसो १ बजेदेखि दिउँसो ४ … Read more