नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र कुमारी बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले ती दुई बैंकलाई नियामकीय पालना अवज्ञा गरेको भन्दै कारबाही गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा केन्द्रीय बैंकले कुमारी बैंकलाई कालोसुची सम्बन्धी नियमको पालना नगरेको भन्दै कारबाही गरेको छ ।
कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था विपरित बैंकले काम गरेको केन्द्रीय बैंकले जनाएको छ । बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था बमोजिम सचेत गराइएको छ ।


