शुशिला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा बालेनका कानुनी सल्लाहाकार र जेनजी अभियानका सदस्य मन्त्री हुने भएका छन् ।
स्रोतका अनुसार यस अघि काठमाडौँ महानगरपालिका मेयर बालेन शाहका पूर्वकानुनी सल्लाहकार रहेका ओमप्रकाश अर्याल र हामी नेपालका संयोजक सुदन गुरुङले मन्त्रीकारुपमा प्रधानमन्त्री शुशिला कार्कीसँगै सपथ लिने बताइएको छ । स्रोतका अनुसार अन्तिम अवस्थामा फेरबदल नभए मन्त्रीपरिषद्मा सहभागी हुने दुई जनाको नाममा टुंगीएको हो ।


